Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Speech Competition || समाज रुपान्तरणमा युवाको भुमिका || बक्तृत्वकला ||Public Speaker - Bishal Oli в хорошем качестве

Speech Competition || समाज रुपान्तरणमा युवाको भुमिका || बक्तृत्वकला ||Public Speaker - Bishal Oli 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Speech Competition || समाज रुपान्तरणमा युवाको भुमिका || बक्तृत्वकला ||Public Speaker - Bishal Oli

Speech Competition || समाज रुपान्तरणमा युवाको भुमिका || बक्तृत्वकला ||Public Speaker - Bishal Oli युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ” – यो भनाई यत्रतत्र सुनिन्छ र धेरै अगाडिदेखि सुनिँदै आएको पनि हो । अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । यही कारण युवालाई असीम ‘ऊर्जाको केन्द्र’ र ‘देशको गौरवको आधार’को उपाधि दिनुलाई सही नै मान्नु पर्दछ । युवाको विश्वव्यापी रूपमा मान्य हुने एउटै परिभाषा नभए तापनि सामान्यतया युवावय अवस्थालाई बाल्यकाल सकिएर वयस्क नहोउन्जेलको उमेरलाई युवाकाल भनेर बुझ्ने गरिन्छ । यस सम्बन्धमा विभिन्न देशले आ–आफ्नै व्याख्या गरेका छन् । बङलादेशमा १५–३० वर्ष उमेर समूहकालाई युवा भनिन्छ भने भारतमा १६–२९ वर्ष समूह र चीनमा १८ देखि ३५ वर्षबीचका लाई युवा मानिन्छ । नेपाल सरकारको युवा नीति २०७२ मा भने १६ देखि ४० वर्ष समूहकालाई युवा भनेर उल्लेख गरिएको छ । उक्त नीतिका आधारमा हेर्दा नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हिस्सा युवाले ओगटका छन् । नेपाल सरकारको युवा नीतिले युवालाई ‘राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति, अग्रगामी परिवर्तनका वाहकहरु’ भनेर व्याख्या गरेको छ । चौतर्फी रुपमा भइरहेको युवासम्बन्धी वहसलाई ध्यानमा राखी यस लेखमार्फत् युवाले समाजको राजनैतिक, आर्थिक, सामाजिक र शैक्षिक विकास प्रक्रियामा कस्तो भूमिका खेल्न सक्छन् भन्नेबारे चर्चा गर्ने जमर्को गरिएको छ । समाजको विकास एक निरन्तर चलिरहने प्रक्रिया हो, जसले समाजको सामाजिक, आर्थिक, भौतिक र वातावरणीय अवस्थालाई सकारात्मक तरिकाले परिवर्तन गरिरहेको हुन्छ । सामान्यतया विकासलाई कुनै पनि समुदायको र त्यहाँका नागरिकहरुको जीवनमा आईपर्ने समस्याहरुलाई हल गर्दै नागरिकहरुको जीवनमा आउने सकारात्मक परिवर्तनका रुपमा व्याख्या गर्ने गरिन्छ । तर, परिवर्तन सहजै आउँदैन । वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिताको आवश्यकता पर्दछ । त्यसमध्ये पनि माथि उल्लेख गरिएझैँ सबैभन्दा उर्जाशील र परिवर्तनको चाह राख्ने युवावर्गको सहभागिता अत्यन्तै महत्वपूर्ण हुन्छ । लगभग तीन दशक यता विश्वव्यापि रुपमा नै ‘सहभागितामूलक विकास अवाधारणा’ स्विकार गरिनुका साथै यसको व्यापक अभ्यास भइरहेको छ । यसले मुलतः कुनै पनि विकास सम्बन्धित समुदायको संस्कृतिको जगमा टेकेर गरिनु पर्दछ र यस्तो विकासको नेतृत्व सम्बन्धित समुदायले नै लिनु पर्दछ भन्ने मान्यता राख्दछ । विकासमा सहभागिता भन्नाले आफ्नो समुदायमा कस्तो विकास गर्ने भन्ने निर्णय गर्नेदेखि, निर्णयअनुसार योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने, कार्यान्वयन प्रक्रियाको अनुगमन तथा मूल्याङ्कन गर्ने र विकासको प्रतिफलको उपभोगमा समेत सम्बन्धित नागरिकहरुको सहभागिता हुनुपर्छ भनेर बुझिन्छ । यस्तो विकासको अवाधारणालाई ‘सहभागितामूलक विकास’ भनेर बुझिन्छ । विकासमा जनसहभागिताको कुरा गर्दा नेपालको कुल जनसंख्याको आधा हिस्सा युवाले ओगट्ने भएकोले उक्त प्रक्रियामा युवाको सहभागिता अपरिहार्य छ । साथै, युवाहरु शारीरिक हिसाबले मात्र सवल नभएर उनीहरुमा सकारात्मक सोँच हुने, श्रृजनात्मक कार्यमा लाग्ने क्षमता हुने र उनीहरुसँग समाज बदल्ने अठोट हुने हुँदा उनीहरुको सहभागिता जरुरी छ । सामुदायिक विकासमा युवाले विभिन्न किसिमका भूमिका खेल्न सक्छन् । युवाकै नेतृत्वबाट सामाजिक राजनैतिक आर्थिक तथा प्राविधिक विकास सम्भव हुन्छ । यसका पर्याप्त उदाहरणहरु नेपाल र विश्वका अनेकौ ठाउँमा देख्न पाइन्छ । सबैभन्दा पहिले युवाको भूमिका राजनीतिमा के हुनसक्छ र अहिलेसम्म घटित घटना र उदाहरणको चर्चा गरौँ । पहिलेको तुलनामा अहिलेका युवाहरु सामुदायिक अभियान र राजनीतिक गतिविधिमा चासो राखी त्यसमा सामेल हुन थालेको देख्न पाइन्छ । नेपालको इतिहास हेर्ने हो भने राणा शासन उन्मूलनका लागि भएको क्रान्ति, पञ्चायती व्यवस्था हटाउनका लागि भएको २०४६ सालको आन्दोलन र २०६२÷६३ को दोस्रो जनआन्दोलनमा युवाको सक्रिय भूमिका रहेको थियो । राणशाषनको विरुद्धमा लागी मृत्यु वरण गरेका शहिद गंगालालको उमेर २२ मात्र थियो । त्यतिबेला उनीसँगै देशको लागि थुप्रै युवाहरुले योगदान गरेका थिए । पञ्चायति व्यवस्था विरुद्ध भएको ४६ सालको अभूतपूर्व आन्दोलनमा सक्रिय भूमिका खेल्ने पनि युवाहरु नै थिए र युवाहरुको वलिदानीकै कारण २०६३ सालको आन्दोलन सफल भई नेपालमा गणतन्त्र स्थापना हुन सकेको हो । हिजोआज त चियापसलदेखि संसदसम्ममा हुने वहसमा ‘राष्ट्र निर्माणमा युवाहरुको भूमिका’ले स्थान पाएको छ । पत्रपत्रिकामा पनि यस विषयमाथि पर्याप्त टिकाटिप्पणी हुन थालेका छन् । यसले समाज अनि सिंगो देशको परिवर्तनको लागि निर्णायक भूमिका खेल्ने राजनीतिक प्रक्रियामा युवाको भूमिका भएको थियो र अझै छ भन्ने कुरा बुझ्न सकिन्छ । सामाजिक विकासमा युवाको भूमिका हरेक गाउँ टोलमा देख्न पाइन्छ । समाजमा सञ्चालन हुने सानातिना विकास निर्माणका कामदेखि पालिका तहमा कार्यक्रम बनाउन, नीति निर्माणका लागि सरकारलाई दबाब दिने काममासमेत युवाको भूमिका देख्न सकिन्छ । वर्तमान अवस्थामा युवाले समुदाय विकासमा स्थानीय सरकारसँगको साझेदारीमा विकासका कार्यक्रमहरु सञ्चालन गर्न सक्ने प्रावधान राखिएको छ । यसै नीतिलाई अनुशरण गर्दै थुप्रै युवा र युवा सङ्लग्न सामाजिक संघसंस्थाले स्थानीय सरकारसँग मिलेर विकासका योजनाहरु सञ्चालन गरिरहेका छन् । पालिका तहको योजना तर्जुमा प्रक्रिया हेर्दा बस्ती एवं वडा स्तरीय योजना तर्जुमाका चरणहरुमा युवाहरुको अर्थपूर्ण सहभागिता हुनैपर्ने प्रावधान राखिएका छन् । त्यस्तै, समाजमा विद्यमान कुरीतीहरु ः जस्तै, जातीय भेदभाव, लैङ्गिक भेदभाव, छाउपडी, घरेलु हिंसा जस्ता अवस्थाका विरुद्ध युवाहरु खुलेर बोल्न थालेका छन् । यस्ता विषयलाई समुदाय तहको वहसमा ल्याउने र त्यसको विरुद्धमा बुलन्द आवाज उठाई परिवर्तनको नेतृत्व पनि युवाले नै लिनु पर्दछ । #bishaloli #vidoeshort #speech #speechcompetition

Comments