Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Dashain ko Nawami Melama Musikot Darbar | Dashain | Nepali Vlogs | Gam Lay в хорошем качестве

Dashain ko Nawami Melama Musikot Darbar | Dashain | Nepali Vlogs | Gam Lay 17 часов назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Dashain ko Nawami Melama Musikot Darbar | Dashain | Nepali Vlogs | Gam Lay

!!! नमस्ते सम्पूर्णमा !!! खासमा यो भिडियो पनि गत वर्षको दशैं (२०८१) को नवमीको दिनमा रेकर्ड गरिएको हो। हाम्रो गाउँका साथी भाइहरू, सदाझैं यो पटक पनि मुसिकोट दरबार (कोट) मा नवमीको दिनमा खड्ग देवताको दर्शन गर्ने कार्यक्रममा गएका थियौं। म जान्ने बुझ्ने भएदेखि र गाउँमा भएसम्म कहिल्यै पनि कोट जान छुटेको छैन। ३ वर्षको बाहिर बसाइसँगै दशैं पनि मनाउन पाइएको थिएन, र कोट जाने काम पनि मिस भइरहेको थियो। पहिले पहिले, यतिकै रमाइलो गर्दै जान्थ्यौं, खासै मोबाइल, क्यामेरा पनि थिएनन् र भए पनि त्यसरी भिडियो बनाउने बानी पनि थिएन। आजभोलि मैले मलाई पछि हेर्नलाई र नाती नातिनाको पुस्ताको लागि भनेर धेरै भिडियोहरू मेमोरीको लागि बनाइरहँदा यो भिडियो पनि बनाएको हुँ। बिस्तारै दशैंको रौनक पहिले पहिलेभन्दा कम हुँदै जाँदा, यो कोट जाने चलन पनि पछि गएर कम नहोला भन्न सकिन्न। पछि गएर कोट जाने भन्ने के हो भन्ने पनि थाहा नहुनु सक्छ, त्यसैले, यसरी हावा तालमा बनाएको भिडियो भए पनि, अबको वर्षौँ पछि बसेर एक्लै वा परिवार वा अर्को पुस्ताले बसेर हेर्दा एकदम रमाइलो लाग्ला भनेर पनि भिडियो बनाएको हो। मलाई खासै यो दरबारको इतिहास त थाहा छैन तर घरमा केही दुःख कष्ट आइ पर्दा यो कोटलाई भनेर परेवा, बोका, इत्यादि भाकल गर्ने चलन आफैँले देख्दै आएको हो । हामी सानो हुँदा कोट जान पाइँदैनथ्यो। कोट जानु भनेको अलि ठूला मान्छे मात्र हो भन्ने थियो। "ठूलो होलास् र कोट जालास्" भन्नुहुन्थ्यो। त्यसको कारण के भने, पहिले कोटमा निकै धेरै लडाइँ झगडा पर्ने गर्थ्यो। "त्यहाँ गएर हराइन्छ, लडाइँमा परिन्छ" भनेर घरबाट जान दिनु हुँदैनथ्यो। जे होस् कहिले अलि ठूलो भइन्छ र कोट जान पाइन्छ भन्ने लाग्थ्यो। ठूलो भएसँगै खासै छुटाउन पनि छुटाएन। दशैं आएको रौनक त्यहीँ कोट गएर नै हुन्थ्यो। त्यसको मतलब दशैं भन्ने बित्तिकै मुसिकोट जोडिएरै आउँछ (कम्तीमा मेरो लागि)। हामी मात्र होइन, यहाँ टाढा टाढासम्मको मान्छेहरू पनि आउने गर्छन्। यो भयो मेरो बुझाइको कोट । मुसिकोट दरबारका अध्यक्ष पदम बहादुर सिंह ठकुरी अनुसार यस कोट को इतिहास यस प्रकार छ । “यो चाहिँ बाइसे चौबीसे राज्यमध्ये चौबीसे सूर्यवंशी राजा तिलक चन्द्र सिंहले खड्ग र देवीको स्थापना गरेर राज्य गरिबक्सेको। आधा पाण्डव खानी, काँडेबास, मालिका खोलो, उत्तरमा लब्दी खोलो, पश्चिममा गएर पालुखा सम्म मुसिकोट राज्य रहेको थियो। खड्ग देवीको स्थापना गरेर राज्य गरेको। यसमा गुठी १३९ मुरी खेत छ, काम गर्ने पनि गुठी छन्, बजाउने पनि गुठी छन्। सबै हतियार बनाउने पनि गुठी छन्। यसमा दशैँमा पूजा हुन्छ। प्रतिपदा को दिन एउटा पाठो पूजा हुन्छ, सप्तमीको दिन यहाँबाट फूलपाती लिन मैदान जान्छन्। बेलटारीबाट फूलपाती थापाले लिएर आएर एउटा पाठो पूजा गरेर भित्र्याइन्छ। बेलुकी भद्रकालीको पूजा हुन्छ। अर्को दिन दुर्गा स्थापना हुन्छ र त्यसपछि अग्निस्थापना उठाएर बेलुकी कालरात्रि गरिन्छ। अर्को दिन जिरो घडी घामको झुल्कामा देवी निकालेर प्रथम सरकारी पञ्चवलि हुन्छ। सरकारी पञ्चवलि पाडो काटिसकेपछि देवीलाई भोग खुवाउने चलन हुन्छ। त्यसपछि भित्र प्रस्थान गरिन्छ। भित्र गएर पाठ हुन्छ, कुमारी पूजा हुन्छ। अर्को दरबारतिर सारुले पूजा गर्छन्, त्यहाँ कोही जान दिन्नन्। त्यसपछि सूर्य पूजा हुन्छ, त्यसपछि साँझ पख विसर्जन गरिन्छ । अर्को दिन फेरि टीकाको साइत हुन्छ। देवीलाई शुक्र मुख गरी राखेर टीका चढाएर एउटा पाठो पूजा गरेर विसर्जन ढोका बन्द गरेर बाहिर आएर टीका लगाउने चलन हुन्छ। त्यसपछि फूलपाती सेलाइन्छ। सराय नाच पहिले उसै दिन राति हुन्थ्यो। तर संकटकालको समयमा त्यो सराय बन्द भएको थियो। त्यसपछि अहिले चतुर्दशीको दिन सराय गरिन्थ्यो, त्यही पनि विगत २ वर्ष जति सराय गरिएको छैन (२०८२ सम्ममा) । यसै गरी कोजाग्रत पूर्णिमा मा बाँकि रहेका मेडाहरूको पूजा हुन्छ। त्यो पाठो टोलले पूजा गर्छ। चैते दशैंमा अष्टमीको दिनमा पूजा हुन्छ। बैसाख पूर्णिमा मा टोलले पूजा गर्छ। थुम पूजा हुँदा एउटा पाठो पूजा हुन्छ। अरू समयमा भने दरबार बन्द हुन्छ।” अर्को मेरो लागि कोट विशेष हुनु भनेको, धेरै आफन्त, छुटेका टाढा टाढाका साथी भाइहरूको भेटघाट पनि हो। यो पटक चाहिँ खासै भेटघाट हुन नपाई फर्कनु पर्ने अवस्था आयो। खासमा हामीहरूलाई क्रिकेट (सेमिफाइनल) खेल्नको लागि उनायचौर (तम्घासबाट नजिक) बिहानै ८ बजेतिर पुग्नुपर्ने थियो नत्र हाम्रो टिम सिधै आउट हुने भन्ने कुरा आएको थियो। जे होस् धेरै समय बिताउन नपाए पनि, एकदम रमाइलो भयो। खड्ग देवताको दर्शन गरियो। दशैं मनाएको जस्तो महसुस पनि भयो। यति धेरै विवरण चाहिँ, म एक्लै बोलेको जस्तो हो। म यो भिडियोलाई फर्केर वर्षौँ पछि हेर्दा, यही पढ्दै मेमोरी रिफ्रेश होस् भनेर पनि हो। र मेरो अर्को पुस्ता (नाति/नातिनीको पुस्ता) ले हेर्दा पनि, यसो विवरण पढे भने कोटको बारे यस्तो रहेछ भनेर बुझून् भनेर पनि हो। त्यही हो मिलाएर हेरौं। यो भिडियो चाहिँ हेर्दा केही फरक पर्दैन, चिन्ने नचिन्ने सम्पूर्ण भिडियो हेर्ने साथीभाइ, इष्टमित्र, आमा बुवा, छोरा छोरी, नाति नातिनी, पनातिनी पनातिनी लगाएत सबैलाई खड्ग देवीले रक्षा गरून्। धन्यवाद। Gam Lay, 09.10.2024

Comments