Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб नेपालको चलचित्र इतिहासको पहिलो नायक शिवशंकर मानन्धर в хорошем качестве

नेपालको चलचित्र इतिहासको पहिलो नायक शिवशंकर मानन्धर 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



नेपालको चलचित्र इतिहासको पहिलो नायक शिवशंकर मानन्धर

#Shivasankar#The_first hero of Nepali movie industry_Shiva Shankar Manandhar#hivaShankarManandhar#prakash_sayami #Nepali_Film_Update #Old_Nepali_Film_Information #prakashsayami5 #sayami नेपालको चलचित्र इतिहासको पहिलो नायक शिवशंकर मानन्धर नेपालको चलचित्र इतिहासमा शिवशंकर मानन्धरको नाम पहिलो नायकका रूपमा आउँछ । उनले विसं. २०२२ असोज १५ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आमा’ चलचित्रमा नायकको रूपमा अभिनय गरेका थिए । शिवशंकर मानन्धरको जन्म १०८९ फागुन १२ गतेका दिन काठमाडौंको पाको, न्युरोडमा भएको थियो । सानै उमेरदेखि गीत संगीतमा गहिरो अभिरुचि राख्ने शिवशंकरले रेडियो नेपालको स्थापना कालदेखि नै सांगीतिक यात्रा थालेका थिए । शिवशंकर रेडियो नेपालको प्रारम्भिक वर्षहरूका सांगीतिक साक्षी हुन् । स्वर माधुर्यताका धनी शिवशंकर मानन्धरले गाएका थुप्रै गीतहरू लोकप्रिय भएका छन् । नेपालको सांगीतिक दूतका रूपमा उनले धेरै राष्ट्रको भ्रमण गरे । नालापानी, प्रतीक्षा, सुलोचना, हामी आफ्नै भरमा बाँच्छौं र सत्यम् शिवम् सुन्दरम् जस्ता केही नाटक र गीती नाटकहरूमा पनि उनले संगीतकारका रूपमा सांगीतिक सिर्जना छरेका थिए । यसरी चलचित्र र गीत संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत उनी महेन्द्ररत्न आभूषण, गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट, सुदीप्त वीरेन्द्र प्रताप भाष्कर विभूषणबाट विभूषित भएका थिए भने उनले नातिकाजी स्मृति पुरस्कार, छिन्नलता पुरस्कार, नेपाल मोसन पिक्चर अवार्डलगायत अनगिन्ती पुरस्कारहरू हासिल गरेका थिए । आफ्नो जीवनको अन्तिम क्षणहरूमा प्राणघातक रोग क्यान्सरसँग लड्दै बिताएका शिवशंकर मानन्धरको जीवनरक्षा गर्न भारतको विख्यात अस्पताल टाटा मेमोरियल लगिएको थियो । त्यहाँबाट केही स्वास्थ्य लाभ गरी फर्केका अतुलनीय व्यक्तित्व शिवशंकर मानन्धरको ७२ वर्षको उमेरमा २०६१ कात्तिक मसान्तको दिन निधन भयो । यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ । Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.

Comments