Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб ध्यान–शत्रु मनलाई साथी बनाउने विधि в хорошем качестве

ध्यान–शत्रु मनलाई साथी बनाउने विधि 11 дней назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



ध्यान–शत्रु मनलाई साथी बनाउने विधि

GUEST: Ananda Arhat (Mobile-9841410965) HOST : Binu Pokhrel CAMERA/EDIT: Krishna भिडियो भित्र : ध्यानःशत्रु मनलाई साथी बनाउने विधी योग चित्तबृति निरोध अर्थात् योगले चित्तबृत्ति या मनको विकारलाई निरोध गर्छ । जुन चित्तलाई निर्मल गर्ने विज्ञान हामीलाई पतंजलिले दिनुभएको हो । प्रियजन नमस्कार हजारौ हजार वर्ष अघि यस हिमवतखण्डबाट विकसित भएर आज पनि अभ्यासमा भएको केही कुरा संसारले अपनाइरहेको छ भने त्यो हो ध्यान । तर अंग्रेजी बोहक केही छैन भन्ने सोचले उतै अड्किएका हामी यसको महत्व बुझ्ने ठाउँमा भएनौं । अनि आज भौतिक विकासको चुलिमा पुगेर त्यो भन्दा उता केही रहेनछ भन्ने थाहा पाएर यहि परामनोविज्ञानमा दुनियाँ आइपुग्दा बल्ल हाम्रो मुन्टो पनि यतै बटारिएको छ । तरपनि यसको खासमा महत्व के छ भनेर हामी अझैपनि भन्न सक्ने अवस्थामा छैनौं । त्यसो त खोला बगेको हेर्दा हेर्दै चरा कराएको सुन्दा सुन्दै, हावाको झोक्का महसुस गरेर पनि ध्यानमा जान सकिन्छ तर ध्यानमा रहंदा पलेंटीमा बसेर, ढाडको हड्डी सिधा पारेर, आँखा चिम्म गरेर,शरीरका अंगमा, मन्त्रमा या मूर्तिमा मन केन्द्रित गरेर योगाभ्यास गर्ने विधी सबैभन्दा बैज्ञानिक छ । यसरी बस्दा हाम्रा सबै चलायमान अंग बन्द हुन्छन् र बाहिर सोच्न भन्दा मन बर्तमानमा नै बाधिने सम्भावना अधिक हुन्छ । र यो प्रकृया धेरै पटक दोहोरिएपछि हामी स्मृति र कल्पनाको त्यो जंजालबाट या त्यो तनावको स्थितत्बाट बाहिर आउन सक्छौं । खासमा भविश्यको अस्थित्व नै छैन, त्यो समय कहिल्यै आएको छैन र आउने छैन । र हिजो त स्मृति मात्र हो । त्यो गैसक्यो । अनि यिनै हिजो र भोलि या कल्पना र स्मृतिको विचमा भएको एकदमै छोटो क्षण मात्र अस्थित्ववान छ । त्यो नै वर्तमान हो । यो नै सत्य हो । जहाँ हुँदा हामीमा आनन्द संचार हुन्छ । यदि हामी वर्तमानमा हुन सकेनौ भने हामी भित्र भएको त्यो संगीत, र नृत्यको विराट उत्सव आनन्द छुट्छ । हो त्यही विराट उत्सवमा, स्वर्गमा या वर्तमानमा, रोकिन सहयोग गर्ने विधी हो ध्यान । ध्यान किन भन्दा खासमा हामी सबैलाई बुद्धिवान हुनुपरेको छ । अनि बुद्धिवान हुने नाममा हामीले चाहिंदै नचाहिने अनेक स्मृति र कल्पनाले मन भरेकाछौं । जुन भण्डारन अधिक हुँदा हामी वर्तमान जे घटिरहेको छ त्यो चै महसुस गर्न सकिरहेका छैनौं । त्यतिमात्र हैन ति भेला भएका सूचना पनि यति स्वचालित भए कि हामीले चाहेको बेला मात्र नभएर जतिबेला पनि आउने हुन्छन् । या मनको नियन्त्रण आफूसँग नभएर तिनै स्वचालित सूचनासँग हुन्छ । अनि जुनबेला पनि नचाहाने सूचनाहरु दिमाग भरी भएर हामी आफैदेखि दिक्क लाग्ने, बाच्नै मन नलाग्ने आफैलाई मारिदिउँ जस्तो मानसिक विमारीको अवस्थामा आइपुग्यौ । या आफ्नै मन शत्रु भएको महसुस गर्न थाल्यौं । हो यहि आफ्रनै मन शत्रु जस्तो हुने अवस्थाको नाम हो मानसिक विछिप्तता या डिप्रेसन । तर यस्तो अवस्थाबाट निस्कन ध्यानले कसरी काम गर्छ ?यसलाई बुझ्न आधुनिक विज्ञानले गरेको एउटा अध्ययन हेरौं । १९९० देखि २००९ सम्ममा इराक र अफगानिस्थानमा भएको युद्धमा लढेर घाइते शैनिकलाई अमेरिक घर पठाइरहेको थियो । तर घर पुगेका सबै शैनिहरुमा एत्क्म् या पोष्ट ट्यम्याट्कि स्ट्रेस डिस्अर्डर भयो। मतलव उनीहरु सबैमा पुराना घटनाको डरलाग्दा सपना देख्ने र काहालीने हुन्थ्यो । सबैमा यस्तो भएपछि अध्ययन टोलीले उनीहरुमा १६ हप्ताको योग अभ्यास या उनीहरुको भाषामा माइण्डफुलनेस मेडिटेसन गरायो । चमत्कार के भयो भने यसपछि उनीहरु धेरैमा यो मनोदशा पुन दोहोरिएन । यस्तो चमत्कार देखेर उनीहरुले ध्यान अघिको र पछिको दिमागको तुलनात्मक अध्ययन गरे । हेर्दा थाहा भयो कि उनीहरुको पहिलेको दिमाग र आजको दिमागका नसाहरुमा फेरबदल भएको थियो । जसका कारण उनीहरु आफ्नो चिन्तनलाई नियन्त्रण गर्न सकिरहेका थिए । खासमा हाम्रो दिमागमा एउटा एमीक्डेला नामको भाग हुन्छ । धेरै ध्यान गर्दा या मेडिटेसनमा रहँदा त्यो एमिक्डेला घट्न थाल्छ । यो घट्नु भनेको यसले संचालन गर्ने डर, एन्जाइटी, आक्रोस, तनाव पनि कम हुनु हो । अध्ययन बाट के पनि पत्ता लाग्यो भने तनावमा हुँदा हाम्रो खुनमा इन्टरल्युकेन ६ नामको केमिकल बढेको हुन्छ । अनि जब ध्यानमा हुन्छ मान्छे तब यसको मात्रा कम हुन लाग्छ । त्यो मात्र हैन दिमागमा अर्को भाग हुन्छ जसलाई प्रि फन्टल कर्रटेक्स भनिन्छ । यसले याद राख्न,एकाग्र रहन र फैसला लिनमा काम गर्छ । मेडिटेसन गर्दा प्रि फण्टल र्करटेक्सले आकार लिन्छ र मान्छेमा दया, प्रेम, सर्मपर्ण जस्ता भाव विकास हुन्छ । अध्ययनले के पनि देखायो भने जो निरन्तर ध्यानमा हुन्छन् उनीहरुको दिमाग एकदमै शान्त र तेज हुन्छ । मतलव आकारमा नै नदेखिने विचारका गुजुल्टामा बाधिएको मनलाई फ्याँकिदिउ, मारिदिउ जस्तो लाग्ने मानसिक अवस्थाबाट सकुशल बाहिर ल्याउने विधीको नाम हो ध्यान । तर यसले कसरी काम गर्छ भनेर बुझ्न आज हामी ध्यानी आनन्द अरर्हतसँग ध्यान भित्रको विज्ञान केहो? यसले कसरी काम गर्छ? खासमा मानसिक उल्झनमा नै हामी कसरी पर्छौ? अनि स्वत निस्कन किन सक्दैनौं ? मनले हामीमा कसरी यत्रो शासन जमाउँछ र हामी आफैलाई मार्ने अवस्थामा पुग्छौं ? जस्ता तमाम प्रश्नमा रहेर संवाद गर्दैछौं । संवाद एकदमै उपयोगी छ । सुनेर समयको सदुपयोग गर्नुस् । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍   / binuebhi   ►🐦   / binuebhi   ►📸   / binupokhrel9   ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)

Comments