Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб History of Tribhuvan University в хорошем качестве

History of Tribhuvan University 2 недели назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



History of Tribhuvan University

त्रिवि स्थापनाको ऐतिहासिक कथा नेपालको जेठो विश्वविद्यालयका रुपमा त्रिभुवन विश्वविद्यालय परिचित छ । तत्कालीन राजा त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने घोषणा गरेका थिए । २०१३ सालमा कीर्तिपुरमा स्थापना गर्ने निर्णय भयो । २०१६ सालमा यसले कानुन प्राप्त गर्यो । तसर्थ यसको स्थापना २०१६ साललाई मानिँदै आएको छ । यसको इतिहास रोचक छ । लामो छ । स्थापना सम्बन्धी इतिहासका पानामा लेखिएका केही महत्त्वपूर्ण घटनालाई यो लेखले समेट्ने प्रयास गरेको छ । २००७ सालमा प्रजातन्त्र स्थापना हुँदा नेपालको साक्षरतादर दुई प्रतिशत थियो । उच्च शिक्षाका लागि त्रिचन्द्र कलेज मात्र थियो । शिक्षा पत्रकार प्रकृति अधिकारीका अनुसार नयाँ राष्ट्रिय शिक्षा प्रणालीको तर्जुमा गर्न नेपाल राष्ट्रिय शिक्षा आयोग गठन गरिएको थियो । सरदार रुद्रराज पाण्डेको अध्यक्षतामा आयोग गठन भएको थियो । सो आयोगको शैक्षिक सल्लाहकारका रुपमा अमेरिकाको ओरेगन विश्वविद्यालयका प्राध्यापक डा. ह्यूग वी। उडले काम गरेका थिए । आयोगले नेपाल राष्ट्रिय विश्वविद्यालय स्थापना गर्न सरकारलाई सुझाव दिएको थियो ।आयोगले अतिथि गृह रहेको शितल निवायमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त रहेको सिफारिस गरेको थियो । विश्वविद्यालय स्थापनाको कुरा लामो समय प्रतिवेदनमा मात्र सीमित रह्यो । २०१२ साल माघ महिनामा विश्वविद्यालय स्थापनाका लागि भवनको खोजी गर्न थालियो । विश्वविद्यालय भवन छनोट गर्ने उद्देश्यले तत्कालीन शिक्षा स्वास्थ्य तथा स्थानीय स्वायत्त मन्त्री बालचन्द्र शर्मा माघ १८ गते एउटा टोली लिएर सेतो दरबार पुगका थिए । २०१२ साल चैत १८ गते टुडिखेलमा एउटा सभाको आयोजना गरियो । उक्त अवसरमा राजा त्रिभुवनकी श्रेठी रान िकान्ती राज्य लक्ष्मी र कान्छी महारानी इश्वरी राज्य लक्ष्मीले त्रिभुवन विश्वविद्यालय स्थापनाको घोषणा गरिन् । विश्वविद्यालय स्थापना गर्न कमिसन गठन गरिएको पनि दुवै रानीद्वारा दिइएको सन्देशमा उल्लेख थियो । कमिसनको सभापतित्व आफूहरूले नै गरेको घोषणा गरियो । उक्त कमिसनको सदस्यमा तत्कालीन माहिला हिमालय, कान्छा अधिराजकुमार बसुन्धरा, राजाका निजी सचिव सरदार हंशमान सिंह, खड्गनरिसिंह राणा, शिक्षा विभागका निर्देशक शारदाप्रसाद उपाध्याप, मिर सुब्बा भैरवबहादुर प्रधान र लक्ष्मीप्रसाद देवकोटालाई राखियो । सचिवका रुपमा डा. पारसनारायण सुवाललाई तोकियो । २०१३ साल वैशाख १ गते नारायणहिटी दरबारमा स्वर्गीय राजा त्रिभुवनकी जेठी माहारानीको सभापतित्वमा कमिसनको पहिलो बैठक बस्यो । बैठकमा कमिसनको विधान पेश गरिएको थियो । २०१३ साल वैशाख १३ गते बसेको कमिसनको बैठकले अर्थ, भवन निर्माण, मस्यौदा कानुन, शिक्षा पद्धति र निर्माण, साधन, र पुस्तकालय समिति गठन गर्ने निर्णय गर्यो । यस विचमा मुलुकका विभिन्न ठाउँमा कलेज स्थापना गर्ने प्रक्रिया सुरु भइसकेको थियो । राजा त्रिभुवनकी दुवै महारानीले ललितपुरमा ३७५ रोपनी जग्गा चन्दा स्वरुप दिएको घोषणा गरियो । विश्वविद्यालय स्थापनका लागि लुभु, स्वयम्भू, छाउनी, महाराजगञ्ज, सुन्दरीजल सुनाकोठी आदि ठाउँमा निरीक्षण गरियो ।कमिसनले २०१३ साल मंसिरमा कीर्तिपुरमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्यो । पूर्व उपसचिव नरोत्तम शर्माका अनुसार विश्वविद्यालय कहाँ नेर राख्ने भन्ने विषयमा लक्ष्मी प्रसाद देवकोटाको संयोजकत्वमा एउटा समिति बनेको थियो । सो समितिले ठाउँ हेरेर ठाउँ छनोट गरेको भन्ने सुनेको थिए । त्यसविचमा सरकारले पञ्चवर्षीय योजना सुरु गर्यो । विश्वविद्यालय स्थापना भएको केही समयमा एउटा इन्जिनियरिङ स्कुलको स्थापना गर्ने उल्लेख गरिएको थियो । सो स्कुलको स्थापना पछि नर्सिङ र दन्तचिकित्सा समेत पढाउने योजनामा समावेश गरिएको थियो । सो योजनामा विश्वविद्यालयको कार्यक्रम प्रारम्भ गर्न १२ लाख रुपियाँ खर्च गर्ने उल्लेख गरिएको थियो । २०१३ साल पुसमा प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई कमिसनको सदस्य बनाइयो । त्रिभुवन विश्वविद्यालय कस्तो बनाउनुपर्छ भन्ने बारेमा विभिन्न शिक्षाप्रेमीसंग सुझाव माग गरिएको थियो । विभिन्न व्यक्तिले कमिसनलाई लिखित सुझाव दिएका थिए । त्यसविचमा आयोगका सदस्यहरु भारतको बनारस स्थित काशी हिन्दु विश्वविद्यालयमा पनि अध्ययन गर्न पुगे ।त्यो बेलाका भारतका उपराष्ट्रपति डा. सर्वपल्ली राणकृष्णन्संग भेट गरे । भारतीय विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष सिडी देशमुखसंग पनि भेटे । आयोगका सदस्यहरु पटना, बनारस, डिल्ली, बरोडा मुम्बाइ,पुणे, बंगलोर र मद्रास पनि पुगर स्वदेश फर्किए । स्वर्गीय राजा त्रिभुवनको ५२ औं जन्म जयन्तिका अवसरमा असार २०१५ साल असार ११ गते कीर्तिपुरको ट्याङ्लाटारमा बिहान साढे १० बजे भवन शिलान्यास गरियो । सो अवसरमा उपत्यकाका कलेज तथा विद्यालयका विद्यार्थीलाई पनि भेला गरिएको थियो । कति विद्यार्थी थिए भन्न नसके पनि उपत्यकाका सबै विद्यार्थी गएको पूर्वसचिव शर्मा बताउँछन् । नेपाल सरकारका पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल भन्छन्, ‘युद्धोदय पब्लिक हाइस्कुलमा कक्षामा ९मा पढ्थे त्यो विश्वविद्यालयको शिलान्यास हुने दिने हाम्रा हेडमास्टर रामजीप्रसाद शर्मा विश्वविद्यालयको स्थापना हुने भयो भनेर माथिल्लो कक्षाका (९ र१०) का विद्यार्थीलाई विद्यायलयबाट शिक्षक र विद्यार्थीको टोली कीर्तिपुर पुगेको हो ।’ ‘तमसोमा ज्यातिर्गमय असतो मा सद्गमय मृत्येर्या अमृर्तंगमय’ भन्ने उपनिषद वाक्यको संगीतमय बन्दधना पछि दुवै रानीले जगमा पालैपालै सिमेन्ट राखिन् । सिक्रिमा झुण्डाइएको आधार शिलाालाई पूजा गरियो । दुवै रानीले त्यसलाई स्पर्ष गरिन् । कीर्तिपुर क्षेत्रमा दुइहजार रोपनी जग्गा अधिग्रहण गरेको थियो । अहिले ३ जहार ४२ रोपनी जग्गा चर्चिएको छ । त्यो बेला जग्गाका लागि आठ लाख खर्चिएको थियो । विश्वविद्यालय भवन निर्माण गर्न २५ वर्ष लाग्ने र १ करोड २६ लाख रुपियाँ लाग्ने जानकारी शिलान्यासका बखत जानकारी दिइएको थियो ।

Comments