Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Bhanubhakta ra Ghansi(भानुभक्त र घाँसी)Nepali Chhanda Kabita recited by Saru Guragain в хорошем качестве

Bhanubhakta ra Ghansi(भानुभक्त र घाँसी)Nepali Chhanda Kabita recited by Saru Guragain 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Bhanubhakta ra Ghansi(भानुभक्त र घाँसी)Nepali Chhanda Kabita recited by Saru Guragain

नेपाली छन्द कविता: भानुभक्त र घाँसी कवि : कविराज नरनाथ आचार्य छन्द: शार्दूलबिक्रीडित वाचन : सरू गुरागाईँ नेपाली छन्द कविता: घाँसी आदिकवि भानुभक्त आचार्य छन्द: वसन्ततिलका वाचन : सरू गुरागाईँ अडियो/भिडियो: मुरारी गुरागाईँ बीस् साल् मा कवि भानुभक्त ससुराली का घरै जाम् भनी ​​(वि.सं. १९२० साल भनेको हो) जान्थ्या घर् तिरबाट कोस तिनमा थीयो कुवा एक् अनी । जेठ् मास् पो रछ घामले कविजिका बाधा गर्‍यो देहमा खान्छू पानि भनी गया कवि तहाँ कूवा थियो सेपमा ।। १ ।। खाए पेट्भरि पानि ताँहि ति बस्या एक् छिन् त आराम् लिई कूवा मास्थिरबाट घाँसिजन एक् भारी ठूलो घाँस् लिई । आयो भारि बिसाइ पानि पिइ खुप् ताँही बस्यो त्यो पनि देख्तैमा कविलाई सज्जन भनी ठानेर सोध्यो पनी ।। २।। काँहाँ हो घर आज जानु छ कहाँ कस्मा हुनूभो भनी सोधेको सुनि भानुभक्त कविले काम् ठाम् बताया पनी । बाजे सज्जन विप्र पण्डित रछन् भन्न्या सुनैथ्यो जसै लाग्यो घाँसि त गर्न पण्डितसरी ज्ञान् का कुरा पो तसै ।। ३।। बाजे खानुभएछ पानि अहिले यस्ता बडाले पनि लाग्यो खूसि मलाइ आज मनमा यो काम् असल् भो भनी । पानी याँहिं थियो चिसो र पहरा देखी छिर्‍याको भई धारो गर्न खडेरिमा त नहुन्याँ सूकेर सानो भइ ।। ४ ।। कोदालाहरू मात्रले खनि कुवा साध्यै नहून्या थियो पानी खानिहरूकनै असजिलो साह्रै भयाको थियो । एक् छिन् पानि पिएर बस्न पनि ठाम् थीयो विकट्को अती मैले आग्रि लगाइ काटि पहरो कूवा खन्याको यति ।। ५ ।। दश्-आठ् मानिस बस्नलाइ सजिलो येती चिठाईदियाँ । पास्मा धन् अलि क्यै भया अरु ठुलो कीर्ती म राख्‍न्या थियाँ । मेरो गोठ् त्यहिँ पारि भैसि तिनि हुन् तिन्लाइ घाँस् हाल्दछू तिन्कै गोबरमा गरी अलि-अली खेती जहान् पाल्दछू ।। ६ ।। भैंसीको जिउ घीउ बेचि कपडा निर्बाह नुन्को गरी बाजे ! यै जिविका छ धेर धन पो के हुन्छ घर्मा भरी ? मै हूँ धन्कट छू भनेर हिँडन्या जन्म्या ति नाङ्गै यहाँ आँखैले कति देखियो गइसके धन् छोडि नाङ्गै कहाँ ? ।। ७।। तिन्को नाम निशान लुप्त हुन गो क्या काम भो धन् भई ? खान्छन् धन् अरुले, छ पाप त भन्या रुन्छन् नरक्मा गई । कीर्ती हो जनले त राखनु ठुलो घर् भित्र धन् छाडि ता स्वास्नीका वधुका भदै तक हुनन् आखीरमा खाँनि ता ।। ८ ।। पानी खानि भला कुवा खनिदियाँ एती गरे ता पनी मेरो नाम लिएर पानि खुसि भै खानन् कि क्यै काल् भनी । मेरो बुद्धि छ यै भन्याँ हजुरले के ठान्नु भो आज लौ जान्छू भैंसि गए परै पुगिसके फर्काउनै पर्छ धौ ।। ९ ।। यस्ता बात् गरि घाँस बोकिकन त्यो घाँसी गएथ्यो जसै घाँसीका सब बात् सुनेर कविको मन् ता भयो छक् तसै । घाँसी ब्राह्मण पन्थ जैसि ति रछन् कूमाइ धन् का गरिप् सत्संगत् सुनि त्यो पुराण् गरुडको बात् गर्नमाका हरिप् ।। १० ।। त्यै बिच्मा कविका त त्यो मनविषे जुन् भावना भयो त्यै बात् का कविता इ पद्य दुइ हुन् लोक्मा प्रसिद्धै छ जो । भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ? मो भानुभक्त धनि भैकन आज यस्तो । मेरा इनार न त सत्तल पाटि क्यै छन् जो धन् र चीजहरु छन् घरभित्र नै छन् । यस् घाँसिले कसरि आज दिएछ अर्ति धिक्कार हो मकन बस्नु नराखि कीर्ति । यदि तपाईँहरु अरु थुप्रै कविताहरु सुन्न चाहानुहुन्छ भने यो च्यानल सब्सक्राईब गर्नुहोस...    / @murariguragain   हामी छन्दका कविता वाचन लिएर आउनेछौँ।। यहाँहरुको अमूल्य प्रतिक्रियाको अपेक्षा गर्दछौँ। धन्यवाद । Bhanubhakta ra Ghansi Poet: Kabiraj Naranath Acharya Chhanda: Shardulabikridit Recitation: Saru Guragain Audio/Video: Murari Guragain Ghansi Aadikabi Bhanubhakta Acharya Chhanda: Basantatilakaa Recitation: Saru Guragain Audio/Video: Murari Guragain Please Subscribe Our Channel to get more our videos. And Do not forget to drop your Feedback. Thank You All. #saruguragain #murari #ramayana

Comments